काठमाडौं ।
ललितपुरको नख्खुमा एक जना व्यवसायी मृत भेटिएका छन् ।
रामेछाप घर भई नख्खुमा बालुवा डिपो सञ्चालन गर्दै आएका ३९ वर्षका राजन बस्नेत मृत भेटिएका प्रहरीले जनाएको छ ।
बस्नेतको टाउकोमा चोट लागेको छ । उनलाई चोट कसरी लाग्यो र चोट नै मृत्युको कारण हो होइन भन्ने बारेमा अनुुसन्धान भइरहेको प्रहरीले जनाएको ।
घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुर अपराध अनुसन्धान महाशाखाको टोलीले अनुसन्धान गरिरहेको छ । शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ कात्तिक २८ गते सोमबार
















प्रतिक्रिया दिनुहोस्