कोहलपुर ।
कोहलपुर बृहत् शहरी खानेपानी तथा उपभोक्त संस्थाले नयाँ खानेपानीको योजना सुरु गर्न लागेको छ । मंगलबार विस्तृत सर्भे डिजाइन प्रतिवेदन सम्बन्धी बहुपक्षीय छलफल कार्यक्रम गर्दै कोहलपुर बृहत् शहरी खानेपानी तथा उपभोक्त संस्थाले २२ करोड बढि लागतमा नयाँ खानेपानीको योजनाको सुरु गर्न लागेको जनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले कोहलपुर नगरपालिकाका कोहलपुरका जनताहरुलाई स्वच्छ खानेपानीको सुविधाका लागि नयाँ योजना सुरु हुन लागेकोमा निकै खुसी भएको बताएकी थिइन् । ‘कोहलपुर नगरपालिकाका ७ वटा वडामा खानेपानीको सुविधा लिएका छन्, उनले भनिन्, ‘अब थप ४ वडामा हुनेछ ।’ नगरपालिकाले खानेपानीको लागि आवश्यक सहयोग गर्ने सुवेदीले बताइन् ।

यस्तै श्रेत्रीय खानेपानी कार्यालय नेपालगन्जका प्रमुख संजिवद कुमार शाहकले आवश्यकता अनुसार मन्त्रालयबाट बजेटको व्यवस्था भइसकेकोले त्यसको काम अगाडि बढाउन अनुरोध गरेका थिए । खानेपानीको नयाँ योजना निर्माण गर्दा आवश्यक सहयोग गर्ने प्रतिबद्धता शाहले गरेका थिए ।
यस्तै ईटेकको नेपाल कन्सलटेन्सीका प्रमुख इन्जिनियर हरि ढकालका अनुसार देशभरी गत वर्षमा ८ वटा खानेपानीका नयाँ योजना स्वीकृती भएको थियो तर चालू आर्थिक वर्षमा भने कोहलपुर बृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको योजना स्वीकृती भएको छ । ‘६ वटा खानेपानीका आयोजनाको डिजाइन भइसकेको छ’ उनले भने, ‘अब २ वटा डिजाइन गर्न बाँकी रहेको छ ।’ जसलाई केही दिनमा डिजाइन हुने ढकालले बताए ।

यस्तै कोहलपुर बृहत् शहरी खानेपानी तथा उपभोक्त संस्थाका अध्यक्ष नर बहादुर मल्लले खानेपानीको नयाँ योजनाको लागत करिब २२ करोडभन्दा बढिको लागतमा निर्माण गर्न लागेको बताए । ‘मन्त्रालयको ७० प्रतिशत र संस्थाले २८ प्रतिशत र नगरपालिकाले २ प्रतिशत व्यहोर्ने गरी काम थालनी गर्ने लागेका छौं’ उनले भने, ‘त्यसको लागि कौशिलानगरको आर्मी व्यारेकको छेउमा १ विगाह जग्गामा खानेपानीको नयाँ योजना सुरु हुन लागेको छ ।’ नयाँ खानेपानीको योजनामा ३ बौरिङ, ४ लाख लिटरको ट्यांकी र कोहलपुर खानेपानीसम्मको पाईप लाईन विस्तार रहेको अध्यक्ष मल्लले बताए ।
कोहलपुर बृहत खानेपानी तथा उपभोक्ता संस्थाका कोषाअध्यक्ष एकनारायण चाँपागाई लगायत खानेपानीका पदाअधिकारी र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्