बाँकेमा सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ

कोहलपुर ।

बाँकेको कोहलपुरमा सिनियर तेक्वान्दो खेलाडिहरुको ग्रेडिङ परिक्षा सम्पन्न भएको छ ।

सोमबार नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार बाँके जिल्ला तेक्वान्दो संघले जिल्ला भरका सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रडिङ परिक्षा सम्पन्न भएको हो । प्रथम डान, दोस्रो डान र बल्याक वेल्टको ग्रेडिङ परीक्षामा दोस्रो डानतर्फ ५ जना, बल्याक वेल्टतर्फ १५ जना र रेड वेल्टतर्फ २५ जना गरी ४५ जना खेलाडिको सहभागिता रहेको थियो ।

उक्त ग्रेडिङ परीक्षामा बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछाने, राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक नेत्र बहादुर थापा, सिनियर गुरु महेश थापा, जङ्बिर चौधरी र चन्द्र बहादुर श्रेष्ठ लगायत पदाअधिकारी तेक्वान्दोका सिनियर खेलाडी तथा तेक्वान्दो प्रेमीहरुको उपस्थित थियो ।

यस्तै कार्यक्रममा बोल्दै बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानेले राज्यको खेलाडीप्रति ध्यान नदिएको बताएका छन् । ‘राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा बाँके लगायत देशलाई चिनाउने खेललाई चिनाउने मद्धत गर्छन’ उनले भने, ‘तर राज्यले खेलाडीको बारेमा केही चासो देखाएको छैन । यसतर्फ ध्यान दिन राज्यलाई आग्रह समेत गरेका थिए ।

परीक्षामा सफलता पूर्वक सहभागीता र सौहार्दपूर्ण रुपमा सबै जनाले उत्कृष्ट प्रर्दशन गरेको भन्दै खेलाडीहरुलाई शुभकामना समेत व्यक्त गरे ।

यो लिंक पढ्न छुटाउनुभयाे ।

प्रदेश स्तरीय राष्ट्रपति रनिङ्गशिल्डमा बाँके जिल्ला प्रथम

तेक्वान्दोमा ९ गोल्ड मेडल सहित बाँके जिल्ला प्रथम

तेक्वान्दोमा ९ गोल्ड मेडल सहित बाँके जिल्ला प्रथम