युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले आगामी पाँच वर्ष विकास र निर्माणको वर्ष हुने बताए ।
बाँकेको कोहलपुरमा आयोजित एक कार्यक्रममा उनले गएको वर्षमा विकासका धेरै आधार तयार पार्न सरकार सफल भएको दाबी गर्दै आगामी पाँच वर्ष विकास र निर्माणका वर्ष हुने बताए ।
उनले गठबन्धनको सरकार फेरि पनि बन्यो भने विकासको खोलो बग्ने जनाउँदै देशले हरेक क्षेत्रमा प्रगति गर्ने बताए ।
वर्तमान सरकारले सानो समयमा विकास र स्थायित्वका धेरै आधार तयार पार्न सफल भएकाले अब आउने समयमा ती आधारहरूमा टेकेर विकासका धेरै काम गर्न सकिने दाबी उनले गरे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्