नेकपा एमाले कौशिलानगर सिद्धार्थ टोलको अध्यक्ष गौरी सारु




कोहलपुर ।

कोहलपुर नगरपालिकाका १५ वटै वडाहरुमा नेकपा एमालेको टोल कमिटि गठन गर्ने कार्य जारी रहेको छ । कोहलपुर नगरपालिकाका सबै वडाका टोलहरुमा टोल कमिटि गठन गर्ने कार्य तिव्र रुपमा जारी राखेका छन् ।

सोही अभियान अन्तर्गत शनिबार अर्थात आज कोहलपुर वडा नम्बर १ कौशिलानगर सिद्धार्थनगर टोलमा नेकपा एमालेका जिल्ला कमिटि सदस्य रुद्र प्रसाद खनालको प्रमुख अतिथित्यतामा गौरी सारुको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ ।

जसको उपाध्यक्षमा भिम कुमारी शर्मा, सचीवमा लाल सरा बिक र उप सचीवमा गोमा रावत चयन भएका हुन् । यस्तै जिल्ला कमिटी सदस्य धुर्ब परियार, खिम लाल शर्मा, वडा कमिटी उपाध्यक्ष कृष्ण बहादुर घिमिरे लगायतको उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस १० गते शनिबार