Kohalpur Today Header Ads

जुम्ला १५ दिनपछि खुल्यो कर्णाली राजमार्गको नाग्म–गमगढी खण्ड




जुम्ला ।
पहिरो पन्छाएपछि कर्णाली राजमार्गको नाग्म–गमगढी खण्ड सञ्चालनमा आएको छ । असोज तेस्रो हप्ताको वर्षा र पहिरोका कारण कर्णाली राजमार्गको यो खण्ड १५ दिन अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठका अनुसार कर्णाली राजमार्गको ९३ किलोमिटर क्षेत्रको यो खण्डमा खसेका १५० पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो ।

नाग्म–गमगढी खण्डको हमा गाउँपालिकामा सवैभन्दा बढी पहिरो थियो । सबइन्जिनियर गणेश भक्रीका अनुसार हिमा गाउँपालिकाको बाजागादेखि भुगोलपाटको करिब ८ किलोमिटर सडक सबैजसो पहिरोले बिगारेको थियो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

हाल उक्त सडकमा मोटरसाइकल सञ्चालन हुन्छ । पहिरोले भत्किएको सडकको केही ठाउँमा पर्खाल लगाएपछि चार पांग्रे गाडी पनि गुड्न सक्ने डिभिजन सडक कार्यालयले जनाएको छ ।
हाल जुम्ला बजारदेखि नाग्म र सिंजा क्षेत्रमा भने गाडी चलेका छन् । पहिरो पञ्छाए पनि धेरै स्थानमा अझै पहिरोको जोखिम रहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक ५ गते शनिबार