Kohalpur Today Header Ads

माथिल्लो तामाकोशी आयोजनामा ८ देखि १५ कात्तिकसम्म विद्युत् उत्पादन रोकिने




काठमाडौं ।
माथिल्लो तामाकोशी आयोजनामा ८ देखि १५ कात्तिकसम्म विद्युत् उत्पादन बन्द हुने भएको छ । तिहारको समयमै प्राधिकरणले ४५६ मेगावाटको तामाकोशी जलविद्युत् आयोजनाको उत्पादन युनिटहरु बन्द गरेर नियमित निरीक्षण गर्न लागेको हो ।

दोलखा जिल्ला, विगु गाउँपालिका, वडा नं १, लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्यत केन्द्रको हेडवर्क्स र् मुख्य सुरुङको प्राविधिक निरीक्षणका लागि आयोजनाबाट हुने बिजुली उत्पादन बन्द हुने आयोजनाले जनाएको छ ।

यसअवधिमा जलाशयको पानी घटाउने क्रममा तल्लो तटीय क्षेत्रमा करिब ११/१२ घण्टा नदीको बहाव बढ्न जाने भएकोले तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन आयोजनाले आग्रह गरेको छ ।

LIfe Ok

लामाबगर, छैतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सनकोशी नदिको दोभानसम्म नै माछा मार्ने, नुहाउने, पौडी खेल्ने, नदी तर्ने लगा धने वस्तुभाउ लैजाने गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्यहरू नगर्न आयोजनाले आग्रह गरेको छ ।

नदी किनारमा परम्पराअनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा अत्यन्त सतर्कतापूर्वक एवम् सावधानीका साथ गर्न समेत आयोजनाले अनुरोध गरेको छ ।

१२ असार, २०७८ मा आयोजनाको बाँध, मुख्य सुरुङ र पेनस्टकको वेट टेस्ट भएको थियो । १० भदौ २०७८ गतेदेखि प्रारम्भिक रुपमा र २४ भदौ २०७८ देखि सबै छ वटा युनिटहरूबाट ४५६ मेगावाटको व्यापारिक उत्पादन सुरु भएको थियो ।

माथिल्लो तामाकोशीको नियमित कार्यतालिका अनुसार १६ महिनापछि जलाशय र मुख्य सुरुङको पानी खाली गरी ती संरचनाहरूको स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक ४ गते शुक्रबार