Kohalpur Today Header Ads

अटोबाट खस्दा एक जनाको मृत्यु




बाजुरा ।

अटोबाट खस्दा बाजुरामा एक जनाको मृत्यु भएको छ । साँफे– मार्तडी सडकअन्तर्गत पर्ने द्वारी खोल्सामा अटोबाट खस्दा बुढीगङ्गा नगरपालिका–२ बजेडीका ४० वर्षीय मोती विकको मृत्यु भएको हो ।

मार्तडीबाट बल्दे आउँदै गरेको सु.प्र.प ०१००१ ह ४०६३ नम्बरको अटोबाट खसेर घाइते भएका विकको उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

नरजन बुढाले चलाइ रहेको अटोबाट खसेर विक घाइते हुनुभएको हो । अहिले चाकल बुढालाई प्रहरीले नियन्त्रणमा लिइए थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गिन्द्रबहादुर बोगटी बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अटोमा सवार भएका अन्य यात्रु र अटो चालक सकुशल रहेका छन् ।’’

साँफे–मार्तडी सडक राजमार्गमा अटो सञ्चालन भएको भण्डै पाँच वर्ष भयो । गत २०७८ मा पनि साँफे–मार्तडी सडक राजमार्गमाअन्तर्गत सुवाखाँदमा अटो खस्दा दुई जनाको मृत्यु र तीन जना घाइते भएका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक ४ गते शुक्रबार