Kohalpur Today Header Ads

४० जनाभन्दा बढिलाई चालक र सहचालकहरुलाई ट्राफिक जनचेतना




कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका १ स्थित ४० जनाभन्दा बढि चालकहरुलाई ट्राफिक सचेतना कार्यक्रम गरिएको छ । पहिलो हप्तामा मोटरसाइकल, स्कुटर, मोपेडका चालकहरुलाई प्रशिक्षण दिइएको थियो भने दोस्रो हप्तामा दुई पाङगे सवारी चालक तथा सहचालकहरुलाई प्रशिक्षण दिइएको थियो ।  चिसापानी ट्राफिक पोष्टका इन्चार्ज प्रहरी हवल्दार सविता रावल र सह इन्चार्ज टिकाराम बुढाले सो प्रशिक्षण दिएका थिए ।

LIfe Ok

यस्तै चिसापानी ट्राफिक पोष्टका इन्चार्ज प्रहरी हवल्दार सविता रावलका अनुसार सवारी साधनहरुमा सबैभन्दा असुरक्षित हुने भनेको सवारी साधान नै हो त्यसैले चालक र सहचालकहरुलाई ट्राफिक बारे जनचेतना दिनु अहिलेकाे आवश्यकता रहेकाे बताइन् ।

उनले तिब्र गति जिवनको क्षति, बिस्तारै गए अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न, सवारी दुर्घटनामा परी दुर्घटनाको समाचार नबनौ, सवारी साधन चालउनुपुर्व सधै चेकजाँच गरेर मात्र सवारी साधन चलाउ, ओभरटेक गर्दा सधै सुरक्षित स्थान र सुरक्षित तरिकाले सहि साईड लाईटको प्रयोग गरौं, दायाँतर्फबाट मात्र ओभरटेक गरौं, बजार एरिया, बाक्लो बस्ति, निकुन्ज एरियामा हेडलाईटको प्रयोग कहिले नगरौं, हेडलाईट आवाश्यकता अनुसार सहि तरिकाले प्रयोग गरौं, सधै आफ्नो लेनको प्रयोग गरौ र सवारी साधन चलाउदा बेकिङ्ग डिस्टेन्स कायम गरी सवारी चलाउ भन्ने विषयमा प्रशिक्षण दिइएको उनले बताइन् ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस १० गते शनिबार