सत्यमोहन जोशीको सम्मानमा आज सार्वजनिक बिदा

सरकारले संस्कृतिविद् एवम् वाङ्मय पुरुष सत्यमोहन जोशीको निधनमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै देशभरि सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा बिदा दिने निर्णय गरेको हो।

जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा उपचारकै क्रममा निधन भएको थियो।