कोहलपुर सिटि एकेडेमीमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम (फोटो फिचर)




कोहलपुर । आज माघ शुक्ल पञ्चमी । प्रत्येक वर्षको माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ ।

श्रीपञ्चमी पर्वको अवसरमा कोहलपुरका विभिन्न शैक्षिक संस्थाहरुमा भव्य रुपमा पूजा आरधाना गरी मनाइएको छ ।

कोहलपुर ११ बाँकेमा रहेको कोहलपुर सिटि एकेडेमीमा एक कार्यक्रम आयोजना गरी सरस्वती देवीको पूजा आराधना सहित विविध सांस्कृतिक कार्यक्रम गरेको छ ।

विद्यालयका कक्षा नर्सरीदेखि कक्षा ८ सम्मका विद्यार्थीहरुले सरस्वती देवीको प्रतिमामा माल्यार्पणका साथै पूजा आरधना गर्दै नृत्य समेत प्रस्तुत गरेका थिए ।

यस्तै सरस्वती पूजाकै अवसर पारी भएको अक्षरारम्भ कार्यक्रममा उल्लेख्य मात्रामा नयाँ विद्यार्थीहरु सहभागि भएको विद्यालयका एमडी प्रशान्त रिजालले जानकारी दिए ।

संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमबार