काेहलपुर ।
भ्यालेन्टाइन्स डेको अवसर पार्दै थारु गीत ‘कसम कसम’ सार्वजनिक भएको छ । कलासी प्रोडक्सनले पोष्ट प्रोडक्सन गरेको गीत आरकेसी डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
देभिन चौधरी र किरण चन्दको अभिनय रहेको म्युजिक भिडियोको निर्देशन संगीत सापकोटाले गरेका हुन् । प्रेमकथामा आधारित गीतमा आरके थारु र अनु चौधरीको स्वर छ । किरण चौधरी र आरके थारुको शब्द रहेको गीतको एरेन्ज केशव बडुले गरेका हुन् ।
म्युजिक भिडियोको कोरियोग्राफी जेडी तमुले गरेका हुन् भने छायाँकन क्राइसिस ज्याकको रहेको छ । गीतको निर्माता सविता चौधरी, मिक्सिङ चन्द्र चौधरी, सम्पादक रोमि मोसेस, आर्ट आनन्द क्षेत्रीरसुनील तामाङ, प्रोडक्सन उत्तमराज पाण्डे, एमयूए निमा लुमा, प्रोडक्सन डिजाइन प्रकु पाण्डे, चिफ असिस्टेन्ट निर्देशक मनिराज पौडेल र ड्रोनमा सौगात धिताल रहेका छन् ।
हेर्नुहाेस् भिडियाे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्