रुकुम पश्चिमको कालिका मन्दिरमा महास्टमी पुजा सम्पन्न

कोहलपुर ।                                                                रुकुम पश्चिमको मुसिकोट नगरपालिका खलंगाको निकै चर्चित  कालिका मन्दिरमा आज विहान नरसिंह दल गण सल्लेका गणपति प्रमुख सेनानी प्रमोद शर्मा, प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरे, जिल्ला प्रहरी कार्यालय प्रमुख बिष्णु प्रसाद साेती र सशस्त्र प्रहरी प्रमुखले फूलपाती वैधिक विधि पुर्वक नवरात्राको आठौं दिन महास्टमिको पूजागरी गरेका छ्न ।  उनिहरुले उक्त शक्ति पिठमा पुजा आजा गरेका हुन । उनीहरुले हिजो फुलपाती समेत भित्र्याईएका थिए । उक्त फुलपाती  काेजाग्रत पूर्णिमाको दिन विसर्जन गर्ने प्रचलन रहेको छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याइ शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैद्दिक विधि छ । आज उक्त मन्दिरमा विहानै पुजा अर्चना समेत गरिएको कोहलपुर टुडे कर्णाली ब्युरो प्रमुख सुदाम शर्माले जानकारी दिए ।