प्रबन्ध निर्देशक पदमा प्रतिस्पर्धी रहेका नेपाल टेलिकमका दुईसहित १४ कर्मचारीको बढुवा

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदका लागि हाल प्रतिस्पर्धामा रहेका नेपाल टेलिकमका कर्मचारीहरुसहित १४ जना बढुवामा परेका छन्।

पुस ७ गतेसम्म दरखास्त दिने समयअवधि रहेको प्रबन्ध निर्देशक पदमा दरखास्त हालेका नेपाल टेलिकमका वर्तमान कर्मचारीहरु संगिता पहाडी र सुरज सिंह थापासहित अन्य १२ जना कर्मचारीहरु टेलिकमको ११ औं तहमा बढुवा भएका हुन्।

जसअनुसार प्रबन्ध निर्देशकको पदका लागि प्रतिस्पर्धामा रहेकी पहाडी योग्यता क्रममा चौथो हुँदै निर्देशक १० औं तहबाट ११ औं तहमा बढुवा भएकी छन् ।

यसका साथै अर्का प्रतिस्पर्धी रहेका प्रशासनका प्रबन्धक थापा ना.प्र.नि. प्रशासन ११ औं तहमा बढुवा भएका हुन् ।

बढुवा भएकामध्ये योग्यताक्रममा पहिलो स्थानमा मिनु प्रधान रहेकी छन भने त्यसपछि क्रमशः अनन्तमान सिंह, बिनिता श्रेष्ठ, संगिता पहाडी, राधाकृष्ण ढुङ्गेल, सूर्यनारायण मालाकार, सविना मास्के, सनाउल्लाह खान, नरेशकाजी शाक्य, झबिन्द्र लाल उपाध्याय, रहेका छन् । यी सबै टेलिकमको निर्देशक (टेलिकम) पदमा कार्यरत छन् ।

त्यसैगरी लेखातर्फ राजेन्द्र श्रेष्ठ तथा प्रेम बहादुर गुरुङ्ग, छन यी दुबैजना हाल प्रशासनतर्फ प्रबन्धकको रुपमा १० औं तहमा कार्यरत छन्। त्यसैगरी मिश्रितमा राजेन्द्र अर्याल रहेका छन् उनी लेखा समूहतर्फ प्रबन्धक पदमा कार्यरत छन् ।

यी सबै कर्मचारीहरुलाई नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली २०६१, बमोजिम बढुवा गरिएको हो। उनीहरु एक तह मुनी आवश्यक अवधि पुरा गरेर बढुवामा प्रतिस्पर्धाका लागि योग्य भएको आधारमा बढुवा गरिएको टेलिकमले जनाएको छ।