साबधान ! गूगलका कर्मचारीहरुले सुन्छन् तपाईँको स्मार्टफोनको भ्वाइस रेकर्डिंग

सर्च इन्जिन कम्पनी गूगलका कर्मचारीहरुले गूगल होम स्मार्ट स्पीकर तथा एन्ड्रोयड स्मार्टफोनको माध्यमबाट यूजर्सको कुराकानी सुन्ने गरेका छन् ।

बेल्जियमका भाषा वैज्ञानिकहरुले यूजर्सद्धारा बनाईएको रेकर्डिंगको स्निपिट्सको जाँचपछि यो सार्वजनिक भएको हो । तर गूगलले भने आफ्नो भ्वाइस रिकोग्निसन टेक्नोलोजीलाई उत्कृष्ट बनाउनको लागि केहि यूजर्सको रेकर्डिंग जम्मा गरेको दाबी गरेको छ ।

नयाँ रिपोर्टका साथमा फेरी गूगलका प्रयोगकर्ताहरुको व्यक्तिगत गोपनियता र निजताको बारेमा गंभिर बहस शुरु भएको छ ।

सो रिपोर्टमा उल्लेख छ कि ‘यी रेकर्डिंगहरुबाट हामी लोकेशन र संवेदनशील जानकारी स्पष्ट सुन्न सक्छौं, यसबाट कुराकानीमा सहभागी मानिसहरुको पहिचान गर्न र अडियो रेकर्डिंगसँग उनको मिलान गर्न सजिलो भएको छ ।’

रिपोर्टकाअनुसार पति पत्नीको बिचमाा हुने विवाद र मानिसहरुको निजी कुराहरुपनि सबै यो रेकर्डिंगमा सुन्न सकिनेछ ।

गूगल भ्वाइस रिकोग्निसन टेक्नोलोजीको प्रयोग आर्टिफिशियल इन्टेलिजेन्स सिस्टमयुक्त गूगल असिस्टेन्टमा काम गर्दछ । यसको प्रयोग गूगलद्धारा बनाईएको स्मार्ट स्पीकर र एन्ड्रोयड स्मार्टफोनमा हुन्छ । यो असिस्टेन्ट यूजर्सद्धारा दिईएको भ्वाइस कमाण्ड अर्थात बोलेर दिइने निर्देशनलाई सुन्छ र त्यसमा रेस्पोन्स गर्दछ । यसका साथै प्रयोगकर्ताहरुलाई समाचार वा मौसमलगायतका जानकारीहरु दिने गर्दछ ।

बेल्जियमको ब्रोडकास्टर भीआरटी एनडब्लूएसकाअनुसार गूगल होम स्मार्ट स्पीकरको सहयोगबाट यूजर्सको कुराकानी रेकर्ड गरिरहेको छ र अडियो क्लिप सब कन्ट्याक्टरहरुलाई पठाईरहेको छ । यिनीहरुले गूगलको स्पीच रिकोग्नाइजेसन टेक्नोलोजीमा सुधार गर्न यी अडियो फाइलहरुलाई पछि उपयोग गर्नको लागि ट्रान्सक्रिप्ट गरिरहेका छन् ।

एक ह्विसिलब्लोअरको सहयोगबाट भीआरटी एनडब्लूएस गूगल असिस्टेन्टको माध्यमले रेकर्ड गरिएका एक हजार भन्दा अधिक अडियोका अंशहरु सुन्न सक्षम रहेको रिपोर्टमा बताईएको छ ।

रिपोर्टकाअनुसार अधिकांश पुरुषहरुले पोर्न सर्च, पति पत्नीको बीचको बहस, र एक महिला त आपतकालिन अवस्थामा रहेको र यी सबै कुराकानीहरु सुन्न सकिएको थियो । एजेन्सी