कोहलपुर ।
कोहलपुर नगरपालिकाले भुमिहिन तथा अव्यवस्थित बसोवासीहरुलाई जग्गा धनि प्रमाण पुर्जाका लागी प्रक्रिया अगाडी बढाएको छ ।
भाद्र २९ गतेको कार्यपालिका बैठकमा भएको निर्णय अनुसार कोहलपुर नगरपालिका वडा नं १,२,१०,१२र १५ का भुमिहिन दलित , भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीको नाम भुमि आयोग लाई सिफरिस गरिएको । मालपोत कार्यालय बाट भेरीफिकेसन भई आएको र नाप नक्सा गरि कित्ता काट समेत भई सकेका कित्ताहरु भुमी आयोगमा पठाउने निर्णय भएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।
कोहलपुर नगरपालिका वडा नं १ को भुमिहिन दलित र भुमिहिन सुकुम्वासी ३०९,कोहलपुर २ को भुमिहिन दलित र भुमिहिन सुकुम्वासी १४६ र अव्यवस्थित बसोवासी २९६० , कोहलपुर १० का २५ , कोहलपुर १२ का भुमिहिन दलित र भुमिहिन सुकुम्वासी १२५ र कोहलपुर १५ का अव्यवस्थित वासेवासी ६१ भुमिहिन सुकुम्वासी र भुमिहिन दलित र अव्यवस्थित बसोवासी परिवार लाई जग्गा धनि प्रमाण पुर्जाका लागी सिफारिस गरिएको कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले जानकारी दिए ।
नाप नक्सा र मालपोतबाट भेरिफिकेसन भई आएकाहरु मध्ये बाट पहिलो चरणमा बिभिन्न वडाहरुका नामहरु भुमी आयोगमा सिफारिस गरिएको र अन्य वडाहरुको पनि वडाहरु बाट सिफारिस आएसंगै क्रमस सिफारिस गरिने कोहलपुर नगरपालिका उप प्रमुख संगिता सुबेदीले जानकारी दिईन ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्