नवकालिका सहकारीका अध्यक्षले अवैधानिक साधारण सभा गरेको बहुमत सञ्चालक समितिको आरोप

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-५ मा रहेको नवकालिका लघुउद्यम प्रबद्र्धन सहकारी संस्था लि.को सञ्चालक समितिले अवैधानिक साधारण सभा गरेको आरोप लगाएका छन् ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै संस्थाका सचिव कोमलराज पाठकले सञ्चालक समितिको बहुमतको निर्णय विपरीत अध्यक्षले एकलौटी रुपमा अवैधानिक रुपमा साधारण सभा आफ्नो मनोमानी तरिकाले गरेको भन्दै आरोप लगाएका हुन् ।

पाठकका अनुसार साउनको ११ गते नियमित बैंठकबाट १२ औ साधारण सभा तथा चौथो अधिवेशन मिति २०७९ भाद्र २४ गतेका दिन हुने भनिएको थियो तर कार्यसमितिले केही अपुगता र असहजताका कारण यस संस्थाको बहुमत सञ्चालक समितिको मिति २०७९ भाद्र २३ गतेको निर्णय अनुसार अर्को सुचना न आएसम्मका लागि स्थगित गर्ने निर्णय भएको थियो ।

तर सो निर्णयलाई अध्यक्षले वेवास्ता गर्दै संस्थाको बहुमत सञ्चालक समितिको निर्णय विपरित अवैधानिक तवरले केही आफु निकटका २०/२५ जना शेयर सदस्यहरुलाई बोलाई साधारण सभा गरेको संस्थाका सचिव पाठकले बताए ।

कोहलपुर टुडेसंग कुराकानी गर्र्र्दै ‘बहुमतको सञ्चालक समितिको निर्णयलाई बेवास्ता गर्दै अवैधानिक, संस्थाको कार्यविधि विपरीत साधारण सभा भएको छ’ उनले भने, ‘आफु निकटका ३ सय जति शेयर सदस्य थप्नुभएको छ, भन्ने सूचना आएको तर आधिकारीक के हो थाहा छैन, ती ३ सय सदस्यहरुलाई सञ्चालक समितिले अनुमोदन गरेको छैन ।’ तर संस्था र सञ्चालक समिति विरूद्ध अनरगल प्रचार तथा कपोकल्पीत आरोप लगाई राजनितिक हस्तक्षेप भयो भन्ने जस्ता असत्य र भ्रमपुर्ण आरोप लगाएको सचिव पाठकले बताए ।

यस्तै संस्थाको नेतृत्व बाटै संस्थालाई बदनाम गराउने कार्य प्रति हामी घोर आपत्ती जनाउन चाहान्छौ, सामाजिक संघ संस्थाहरूमा सबै लाई मिलाएर लैजानुपर्नेमा, गलत नियतका साथ साधारण सभा नजिक आइपुग्दा प्रक्रिया नपुगाई अवैधानिक तवरले शेयर सदस्य वृद्धि गरी अनावश्यक विवाद सृजना गरेको पनि सम्पुर्ण शेयर सदस्यहरूमा जानकारी गराउन चाहान्छौ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा लेखिएको छ, ‘सञ्चालक समिति माथि लगाइएका गलत प्रचार र भ्रममा नपर्न पनि सम्पुर्णमा जानकारी गराउन चाहान्छौ । अध्यक्षले एक्लै बोलाइएको साधारण सभा तथा अधिवेशन अवैधानिक भएको पनि अवगत गराउन चाहान्छौ । अन्त्यमा विविध कारण र बाध्यतावस साधारण सभा स्थगित हुन गएको र यसबाट शेयर सदस्यहरूमा पर्न गएको असुविधा प्रति क्षमायाचना गर्दै यो प्रेस विज्ञप्ती जारी गरिएको संस्थाका सचिव पाठकको हस्ताक्षरित विज्ञेप्तीमा उल्लेख छ । बहुमत कार्यसमितिले आरोप विषयमा बुझ्नका खोज्दा संस्थाकी अध्यक्ष जुना विकको फोन उठेन ।