नेपाली काँग्रेसले सल्यानले प्रदेश सभाको लागि सम्भावित उम्मेदवार टुङ्गो लगायो




शुदाम शर्मा, कर्णाली ।

आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रदेश सभा निर्वाचनका लागि सल्यानका २ वटा निवार्चन  क्षेत्रबाट नेपाली काँग्रेसले आफ्ना प्रत्यक्ष  उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

यस्तै सल्यानका वटा क्षेत्र नं.१ बाट नेपाली काँग्रेसले प्रत्यक्ष तर्फ एकराज डाँगी, नेत्रलाल वली र सुरेश चन्दको नाम सिफारिस गरेको छ ।

यस्तै सल्यानका वटा क्षेत्र नं.२ बाट नेपाली काँग्रेसले प्रत्यक्ष तर्फ चक्र देवकोटा, सुरेश अधिकारी र मान बहादुर डाँगीको नाम सिफारिस गरेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ १६ गते बिहीबार