Kohalpur Today Header Ads

सकियो शिखा एकेडेमी प्रथम जिल्ला स्तरीय जुनियर तेक्वान्दो प्रतियोगिता




कृष्ण कुमार शाही, कोहलपुर ।

बाँकेको कोहलपुर-८ मा रहेको शिखा एकेडेमीको आयोजनामा भएको शिखा एकेडेमी प्रथम जिल्ला स्तरीय जुनियर तेक्वान्दो प्रतियोगिता सकिएको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगिता शनिबार एक औपचारीक कार्यक्रम गरी समापन भएको हो ।

समापन कार्यक्रममा शिखा एकेडेमीका सिइयो राजकुमार सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ८ वडा अध्यक्ष तथा प्रमुख अतिथि लाल बहादुर राना रहेका थिए ।

LIfe Ok

शिखा एकेडेमीका प्रिन्सिपल टंक केसी, नगर खेदकुद विकास समितिका संयोजक बुद्धि बहादुर थापा लगायत अन्य प्रशिक्षक र डोजाङ्ग प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा बैजनाथको रेन्वो तेक्वान्दो डोजाङ प्रथम, नेपालगञ्ज उपमहानगरपालिकाको स्टेप अफ तेक्वान्दो डोजाङ राझा र तृतीयमा बैजनाथको रोयल किस्स तेक्वान्दो डोजाङ चिसापानी भएका हुन् ।

शिखा एकेडेमीका प्रिन्सिपल टंक केसीले बाँकेका १३ वटा डोजाङका २ सय ५० जना विद्यार्थीहरु सहभागि भएका थिए । उनका अनुसार २० केजी भन्दा माथि ३/३ केजीको फरक–फरक तौलको खेल खेलाइएको थियो । जसमा छात्रा ५२ र छात्र ५८ केजीसम्म तौलका मूनिका खेलाडिहरुले प्रतिस्पर्धा गर्ने शिखा एकेडेमीका प्रिन्सिपल केसीले बताए ।

शिखा एकेडेमी प्रथम जिल्ला स्तरीय जुनियर तेक्वान्दो प्रतियोगिताको प्रशिक्षकद्धय बाँके जिल्लाका राष्ट्रिय  खेलकुद परिषद तेक्वान्दो प्रशिक्षक चन्द्र प्रसास श्रेष्ट, ईन्टरनेश्नल मास्टर गुरुवचन चौधरी, हेमन्त पुन र प्रेम पुन लगायत २५ जना रेफ्रिहरु रहेका थिए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन २१ गते आइतबार