वीरगञ्ज ।
बाराको कलैया उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष मोहन साह कानुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चोरीको चुरोट उनको साथबाट बरामद भएपछि प्रहरीले उनलाई सेधपुछका लागि नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार गणेश साहले सञ्चालन गरेको गोदामको ताल्चा फोडेर २ कार्टुन चुरोट चोरी भएको थियो । एक कार्टुन चुरोटको एक लाख जति पर्ने दावी गोदाम सञ्चालकको छ ।
चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिले चुरोट वडा अध्यक्षले खरिद गरेको भनेपछि उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले वडा अध्यक्षलाई चोरी भएको चुरोट खरिद गरेको आरोप लागेपछि सोधपुछका लागि बोलाएको जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।















प्रतिक्रिया दिनुहोस्