Kohalpur Today Header Ads

एउटा दलितको अपमान भएमा कोहलपुर नगरपालिकाको अपमान हुन्छ- मेयर आचार्य




Sagarmatha CC TV

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले एउटा दलितको अपमान भएमा कोहलपुर नगरपालिकाको अपमान हुने बताएका छ्न । मंगलबार ५८ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा कोहलपुरमा आयोजित प्रभात फेरी पछिको कोणसभालाइ सम्बोधन गर्दै आचार्यले यस्तो बताएका हुन ।

कार्यक्रममा बोल्दै आचार्यले कोहलपुर नगरपालिकाको विकासमा समतामूलक समाज निर्माण पहिलो आधार भएको बताउदै कसैले पनि जातीय ,वर्गीय ,रंगभेदका आधारमा कसैलाई पनि बिभेद गर्न नहुने र कानुन लाइ लत्याएर विभेद गर्न कसैलाई छुट नभएको बताए ।

सगरमाथा ज्ञानपुञ्ज
LIfe Ok

कोहलपुर नगरपालिकाको आयोजना तथा दलित सेवा संघ बाँकेको संयोजनमा आयोजना गरिएको कार्यक्रममा बोल्दै दलित सेवाका केन्द्रिय अध्यक्ष तथा कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद बिकले वर्षौं देखि समाजमा विद्यमान जातीय भेदभाव अन्त्य गर्नका अति आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै दलित महिला संघ बाँके अध्यक्ष निर्मला सुनारले देशका हरेक आन्दोलन र परिवर्तनमा दलितहरुको महत्त्वपूर्ण योगदान रहेको तर तिनै दलित अहिले पनि जातीयता भेदभावको चपेटामा पर्नु दुखको कुरा रहेको बताइन ।

दलित सेवा संघ कोहलपुर बाँकेका अध्यक्ष बुद्ध सुनारको सभापतित्वमा कार्यक्रममा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी ,खजुरा गाउँपालिका निवर्तमान उपाध्यक्ष एकमाया बिक ,दलित अधिकारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि सर्वसाधारण लगायतको सहभागीता रहेको थियोे ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत ७ गते मंगलबार