कोहलपुर ओसो समुहद्धारा गुरु पूर्णिमा भव्य रुपमा मनायो

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको ओसो समूहद्धारा गुरु पूर्णिमा भव्य रुपमा मनाइएको छ । बुधबार एक औपचारीक कार्यक्रम गरी गुरु पूर्णिमा विशेष कार्यक्रम गरी भव्य रुपमा मनाईएको हो ।

कार्यक्रममा कोहलपुर ओसो समूहका अध्यक्ष तथा सभाअध्यक्ष कृष्ण अधिकारीले विभिन्न ४ वटा कार्यक्रम गरी भव्य रुपमा मनाएको बताएका थिए । जसमा गुरु महिमा, उत्सव योग, ओसो देशमा, कृतन सत्संंग लगायतका कार्यक्रम गरिएको थियो ।

यस्तै ४ वटा कार्यक्रम गरे पश्चात कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले भने, कोहलपुर ओसो समूहले आयोजना गरेको कार्यक्रमले निकै उत्कृष्ट भयो । यसले मानिसमा भएका नकारात्मक कुराहरुलाई हटाई सकारात्मक विचारहरुलाई उत्पादन गरी फ्रेस बनाउन ठुलो मद्दत गर्ने रहेछ उनले भने त्यसकारणले यो कार्यक्रममा सहभागि हुन पाउँदा निकै खुसी लाग्यो ।

यस्ता विशेष कार्यक्रमहरु महिनामा एक पटक गर्दा अझै उत्कृष्ट हुने उनको सुझाव थियो । सो कार्यक्रमको गुरु महिमा, उत्सव योग, ओसो देशमा, कृतन सत्संंग गरी ४ कार्यक्रमको पुष्कर नेपाल र कुमार उप्रेतीले प्रशिक्षक गरेका थिए ।

यस्तै कार्यक्रममा कोहलपुर ओसो समूहका सल्लाहकार बेदराज लम्साल, ईमस दर्पन कम्प्युटरका सिईयो मोहन खत्री, आइटी म्यानेजर खेम चौधरी, आइटी दिपेन्द्र रावल, माकेटिङ्ग भुवन गौतम र लेखापाल प्रतिभा न्यौपाने उपस्थिति रहेको थियो ।