Kohalpur Today Header Ads

साइनिङ्ग स्टार स्कुलद्वारा नेरामावि खड्कवारलाई ८ सञ्चार सेट हस्तान्तरण




कोहलपुर  । बाँकेको कोहलपुर नगरपालिका–१३ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (नेरामावि) खड्कवार लाई साइनिङ्ग स्टार स्कुलले ८ वटा सञ्चार (वाकी–टकी) सेट हस्तान्तरण गरेको छ।

शुक्रबार आयोजित एक औपचारिक कार्यक्रममा सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत साइनिङ्ग स्टार स्कुलले विद्यालयलाई सञ्चार सेट उपलब्ध गराएको हो ।

LIfe Ok

साइनिङ्ग स्टार स्कुलका सञ्चालक ओपेन्द्र केसीले विद्यालयको आन्तरिक समन्वय, अनुशासन व्यवस्थापन तथा आपत्कालीन अवस्थाको सञ्चारलाई सहज बनाउने उद्देश्यले सञ्चार सेट सहयोग गरिएको बताए। उनले आगामी दिनमा पनि शिक्षा क्षेत्रसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक भीम खरेलले विद्यालयलाई आवश्यक सामग्री उपलब्ध गराएकोमा साइनिङ्ग स्टार स्कुलप्रति आभार व्यक्त गर्दै यस सहयोगले विद्यालयभित्र सूचना आदान–प्रदान र समन्वय कार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा दुवै विद्यालयका शिक्षक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रबार