Kohalpur Today Header Ads

आश्रममा रहेका बालबालिकालाइ न्यानो कपडा वितरण




राप्तीसोनारी ।

राप्ती सोनारी गाउँपालिका वडा न ५ विनौना स्थित जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रका बालबालिकाहरुलाई शुक्रबार न्यानो कपडा वितरण गरिएको छ ।

आश्रममा रहेका १३ जना बालबालिकाहरुलाई डिभाईन्ट क्लबले न्यानो कपडा वितरण गरेको केन्द्रकी अध्यक्ष तारा वलीले जानकारी दिइन । उनका अनुसार क्लबले १/१ सेट स्वीटर र टोपी वितरण गरेको थियो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

राप्ती सोनारी गाउँपालिका वडा न ५ कि वडा सदस्य अथिति कमला बिकको प्रमुख आथित्यतामा भएको न्यानो कपडा वितरण कार्यक्रममा क्लबको सदगुरु कृपा सर्मिला सुवेदी इन्सेक बाँकेकी प्रतिनिधि लक्ष्मी चौधरी लगायतको उपस्थिति रहेको थियो । केन्द्रकी अध्यक्ष तारा वलीले सबैले केन्द्रलाइ सहयोग गरिदिन आग्रह गरेकी थिइन।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० पुस १३ गते शुक्रबार