निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

कृष्ण कुमार शाही, कोहलपुर ।

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको कार्यसमितिमा नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन् ।

पुस्तकालयका नवनिर्वाचित अध्यक्ष चेतकान्त भट्टराई सहित सम्पूर्ण पदाधिकारीहरूले बुधबार पदभार ग्रहण गरेका हुन् । कार्यक्रमको संचालक शिव ध्वज शाहीले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य जानकी सापकोटाले गरेकी हुन् ।

यस्तै कार्यक्रममा नेपाल सामुदायिक पुस्तकालय संघका केन्द्रिय उपाध्यक्ष जयश्वर पौडेलले आफ्नो कार्यकालमा गरेका कामहरुलाई नव र्निवाचित पदाअधिकारीहरुले गर्नुपर्नेमा जोड दिएका थिए ।

उनका अनुसार ज्ञानोदय सामुदायिक पुस्तकालयलाई नेपालको एक चिनारीको रुपमा चिनाउनका लागि सधै तत्पर भइरहने प्रतिबद्धाता जनाएका थिए ।

यस्तै तत्कालिन सचिव निर्मल आर्चाले नव निर्वाचत एकराज शर्मालाई कार्यकालमा गरिएका निर्णय गरिएको माइनोट सहित हस्तान्तरण गरेका थिए ।

यस्तै भट्टराईले पदभार ग्रहण गर्दै आग्रह र पुर्वाग्रह नगरी जिम्मेवारीलाई पूर्र्ण रुपमा निभाउने प्रतिबद्धता व्यक्त गरे । यहि असार २५ गते सम्पन्न निर्बाचनबाट पूनः अध्यक्षमा निर्वाचित भएका हुन् ।

नवनिर्वाचित उपाध्यक्ष मणिप्रसाद गैरे, सचिव एकराज शर्मा, कोषध्यक्ष पबित्रा ढकाल, सहसचिव गितादेवी शर्मा, सदस्यहरु रविन्द्रप्रसाद सुवेदी, चुरामणी ढकाल, शर्मिला मल्ल, विनिता शर्मा र पतिराम थारुलाई पदभार ग्रहण गरेका हुन् ।