कोहलपुर ।
बाँकेका मुक्त कमैयाहरुले आफ्नो जग्गालाई दलालहरुले किनबेच गरी हामीलाई भगाएको आरोप लगाएका छन् । कोहलपुरमा सरोकारवालासँग मुक्तकमैयाहरुसंग पराशर्म कार्यक्रममा बोल्दै मुक्त कमैयाका अगुवाहरुले यस्तो बताएका हुन् ।
मुक्त कमैयाकी अगुवा सुस्मा थारुले मुक्त कमैयाहरुले प्रयोग गर्दै आएको जग्गा दलालहरुले पालिकास्तरबाट नै किनबेच गरी हामीलाई उठ्न बाध्य पारिएको आरोप लगाएकी छन् । उनका अनुसार आफ्नो जग्गा भूमिसुधारमा खोज्न जाँदा सम्बन्धीत पालिकामा जाने भन्छ तर पालिकाले थाहा छैन भन्छ त्यसैले हामी झन समस्यामा परेको दुःख व्यक्त गरिन् ।
मुक्त कमैयाहरुले प्रयोग गर्दै आएको जग्गा दलालहरुले पालिकास्तरबाट नै किनबेच गरी हामीलाई उठ्न बाध्य पारिएको आरोप लगाएकी छन् । उनका अनुसार आफ्नो जग्गा भूमिसुधारमा खोज्न जाँदा सम्बन्धीत पालिकामा जाने भन्छ तर पालिकाले थाहा छैन भन्छ त्यसैले हामी झन समस्यामा परेको दुःख व्यक्त गरिन् ।
यस्तै अर्को मुक्त कमैया छिन्कु थारुले पनि वडाको मिलोमतोमा हामीले जग्गा छोड्न बाध्य पारिएको छ उनले भनीन् अब हामी कँहा जाने, हाम्रो कुरा कसैले सुन्दैन । कोहलपुर नगरपालिका ११ मा रहेको लोकनगरमा हाम्रा पुर्खाहरु बस्दै आएका थिए उनले बताइन् ।
कोहलपुर नगरपालिकाको झण्डहवा, लोकनगर, मुक्तिनगर, लखनवार र थारुगाउँमा बस्ने मुक्तकमैयाहरुको एउटै आवाज रहेको थियो ।
कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले वास्तविक मुक्तकमैया हो भने सरकाले जग्गाको स्वमित्व दिइसकेको बताए । त्यसमा अडिएर बस्नसक्नुप¥र्यो । मुक्तकमैयाहरुले नै अर्कौलाई बेचेर जाँदा उहाँहरुले अहिले २/४ कठ्ठा लिएर बस्नुभएको हो या पुरानै अवस्थामा फर्कि सक्नुभएको होला ।

त्यसले गर्दा मुक्तकमैया वास्तविक मुक्तकमैया भएन उनले भने पहिले जे धन्दा गर्नुहुन्थ्र्यो त्यहि गर्नुहुन्छ केही भने केही कठ्ठा जमिन लिएर बस्नुभएको छ । वास्तविक मुक्तकमैया कहाँछन यतिवेला, किन छोडेर गए यसमा गम्भिर रुपमा छानविन गरी खोजको विषय बनेको प्रमुख रावतको भनाई थियो ।

कोहलपुर नगरपालिका वडा ११ अध्यक्ष कर्ण बहादुर थापाले लेनदेन भनेर कागजहरु आउने गर्दछन् तर मुक्तकमैयाको नाममा रहेको जग्गा अर्को व्यक्तिको नाममा गर्ने भनेर अहिलेसम्म नआएको र झुटो आरोप लगाएको उनको दावी गरे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्