होटल व्यवसायी संघ बाँके कोहलपुरको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मोहन रिजाल

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको होटल व्यवसायी संघ बाँके कोहलपुरको नयाँ कार्यसमिति चयन भएको छ । आइतबार होटल व्यवयासी संघ बाँके कोहलपुरको पाँचौ साधारण सभाबाट मोहन रिजाल निर्विरोध अध्यक्षमा चयन भएका छन् ।

यस्तै बरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर रानाभाट, उपाध्यक्षमा लक्ष्मण थापा मगर, महिला उपाध्यक्षमा खिना राना, महासचिवमा लक्ष्मण खत्री, सचिवमा बिष्णु बहादुर कार्की, कोषाध्यक्षमा खिम राज बेल्बासे र सह-कोषाध्यक्ष कमल शाही निर्वारोध चयन भएका छन् ।

यस्तै सदस्यहरुमा नन्द प्रसाद जैशी, नरेशजंग अर्याल, दुर्गा प्रसाद भण्डारी, राज बहादुर कार्की, राम प्रसाद हमाल, प्रेम बहादुर खत्री र सुर्य बहादुर पौडेल निर्विरोध चयन भएका छन् । यस्तै तीन जना सदस्यहरुलाई मनोनित गरेको थियो । मनोनित हुनेहरुमा सरिता थापा, सरद रेग्मी र मधु खनाल छन् भने संरक्षक बलराम भट्टराई हुन् ।

यस्तै सल्लाहकारमा विश्वराज खनाल, खेमराज शर्मा, प्रदिप भट्टराई, ज्ञानेन्द्र खनाल, टेक बहाुरद सिँजाली, मोहदत्त कडेल (एम.डि.कडेल), टेक बहादुर बोगटी, भरत खड्का, धने थापा, शोभाखर खनाल र तिर्थ डाँगी रहेका छन् ।