काँग्रेस बर्दियाद्धारा २ जना निलम्बनमा, ३९ जनालाई स्पष्टिकरण

रावन विश्वकर्मा,  बर्दिया ।

नेपाली काँग्रेस बर्दियाले २ जनालाई तत्कालका लागि निलम्बन गरेको छ । ३९ जना कार्यकर्तालाई स्पष्टिकरण सोधेको छ । स्थानिय तहको निर्वाचनमा पार्टीका आधिकारी उम्मेदवारलाई असहयोग गरेको भन्दै पार्टीले उनीहरुलाई कारबाहीको प्रक्रिया थालनी गरेको नेपाली काँग्रेस अनुशासन समिति बर्दियाका संयोजक जग्गा प्रसाद पाण्डेले बताए ।

त्यस्तै  तत्कालका लागि निलम्बनमा गरिएका २ जना मध्य मधुवन नगरपलिकाका प्रेम गुरुङ्ग र बाँसगढी नगरपालिकाका सविन कुमार थापा रहेको पाण्डेले बताए । तत्कालका लागि निलम्बनमा परेका सविन कुमार थापा नेपाल काँगे्रेस बर्दिया क्षेत्र नं १ (क) का क्षेत्रिय सभापति हुन भने प्रेम गुरुङ्ग मधुवन ५ नं वडाको क्षेत्रिय प्रतिनिधी हुन् । निलम्बनमा परेका थापा काँगे्रसको तर्फबाट बाँसगढी नगरपालकाका नगर प्रमुख पदका उम्मेदवार समेत हुन । यता निलम्बनमा परेका थापाले भने पुर्वाग्रही ढंकबाट अनुशासन समितिले निलम्बन गरेको बताए । म आफै नेपाली काँग्रेसको आधिकारीक नगर प्रमुखको उम्मेदवार हुँ म किन आफ्नै उम्मेदवारका बिरुद्ध लाग्ने उनले भने– निर्वाचनमा मलाई हराउन पार्टी भित्रैबाट लागेको भनि मैले नै पहिले निवेदन दिएको थिए तर आफु आफ्नो बचाउका लागि पुर्वाग्रही ढंगबाट निर्णय गरियो । म आफै पिडित मान्छेलाई अहिले कार्यपालिका सदस्य निर्वाचनमा असहयोग गरेको बहाना देखाउदै मलाई नै निलम्बन गरियो ।

त्यस्तै ३४ जनाले स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुलाई असहयोग गरेको र ५ जनाले कार्यपालिका सदस्य निर्वाचनमा असहयोग गरेको भन्दै ३९ जनालाई स्पष्टीकरण सोधिएको छ ।

पार्टीको आर्दश, उद्देश्य, नीति र आचार संहिता बिपरित आधिकारिक उम्मेदवारहरुलाई असहयोग गरी बिपक्षमा प्रचार प्रसार गरेको भन्दै नेपाली कांग्रेसको बिधान २०१७ (संशोधन सहित) को दफा ४३ को ४ को उपदफ (ङ) बमोजिम स्पष्टीकरण सोधिएको अनुशासन समिति संयोजक जग्गा प्रसाद पाण्डेले जानकारी दिनु भयो । स्पष्टीकरण सोधेको मध्य सबैभन्दा बढी गुलरीया नगरपालिकामा रहेको छ । गुलरीया नगरपालिकामा १७ जनालाई स्पष्टीकरण सोधिएको छ ।

त्यसैगरी मधुबन नगरपालिकामा ७ जना, राजापुर नगरपालिकामा ५ जना, बढैयाताल गाँउपालिकामा ५ जना, बाँसगढी नगरपलिकामा ५ जनालाई अनुशासन समितिले स्पष्टीकरण सोधेको छ । अनुशासन समितिले बाँसगढी नगरपालिकामा नगर सभापति लोहारी थारु, उपसभापति आकास थारु  (सोमती), नगर सचिव ओम प्रकाश पौडेल, सोधे बिष्ट र गंगाधर पौडेललाई स्पष्टिकरण सोधिएको छ ।