
कोहलपुुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका लागि १६ जनाले उम्मेदवारी दिएका छन् ।
बाँके क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशिल लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृती पार्टी, राष्ट्रिय जनमोर्चा, जनता समाजबादी पार्टी, नेपाल र ३ स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
बाँके क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट नारायण प्रसाद गौडेल, नेकपा एमालेबाट सुर्य प्रसाद ढकाल, नेपाली नेपाली कम्युनिष्टबाट नरेन्द्र पाण्डे जेम्स, राष्ट्रिय स्वतन्त्र पार्टी सुरेश कुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदिप कुमार शाह, प्रगतिशिल लोकतान्त्रिक पार्टी कृष्ण केसी ‘नमूना’, नेपाल मजदुर किसान पार्टी सुर्जा थापा, उज्यालो नेपाल पार्टीबाट धन बहादुर खड्का, श्रम संस्कृती पार्टीबाट भरत निधि तिवारी, राष्ट्रिय जनमोर्चाबाट तुल्सीराम सापकोटा, जनता समाजबादी पार्टी नेपालबाट राजेन्द्र कुमार विश्वकर्मा, मङ्गोल नेसनल अर्गनाइजेसनका फेरुलाल चौधरी र स्वतन्त्र उम्मेदवारी दिएका दिपक बहादुर शाही, प्रदिप पौडेल र दिवाकर शर्मा गरी १६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसबाट नारायण प्रसाद गौडेल, एमालेका सुर्य प्रसाद ढकाल, नेकपाका नरेन्द्र पाण्डे जेम्स, रास्वपाका सुरेश कुमार चौधरी र प्रगतिशिल लोकतान्त्रिक पार्टीकी कृष्ण केसी ‘नमूना’ बीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ ।
उम्मेदवारी दर्तासँगै बाँके–१ मा चुनावी सरगर्मी बढेको छ । दलहरूले प्रचार–प्रसार र मतदाता भेटघाटलाई तीव्र बनाएका छन् भने मतदाताबीच कसले विश्वास जित्ने ? भन्ने विषय चासोको केन्द्र बनेको छ ।
बाँके क्षेत्र नं. १ का निर्वाचन अधिकृत सरोजनिधि वाग्लेका अनुसार आयोगले तोकेको कार्यतालिका अनुसार अब उम्मेदवारको विरुद्धमा उजुरी दिने, उम्मेदवारीको जाँचबुझ, नामावली प्रकाशन र उम्मेदवारी फिर्ताको प्रक्रिया अघि बढ्ने बताए । शान्तिपूर्ण भयरहित बातावरणमा उम्मेदवारहरुले आफ्नो उम्मदवारी दर्ता गराएको बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्