व्रिज इन्टरनेशनल स्कुलमा पाँचौ फाउन्डर कप : सगरमाथा हाउसले जित्यो उपाधि [फोटो फिचर]




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ५ मा रहेको व्रिज इन्टरनेशनल स्कुलमा फाउन्डर कपको उपाधि यल्लो हाउसले जितेको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रिका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सुरु भएको पाँचौ फाउन्डर कपको उपाधि सगरमाथा हाउसले जितेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार पौडेलको सभापतित्वमा भएको कार्यक्रममा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीको प्रमुख आतिथ्यतामा पाँचौं फाउन्डर कप तथा अभिभावक दिवस सुरु भएको हो ।

फागुन १२ गतेदेखि सुरु भएको पाचौं फाउन्डर कपमा सगरमाथा हाउसले उपाधि जित हात पारेको हो । चार वटा हाउस मध्ये उत्कृष्टता प्रर्दशन गर्दै सगरमाथा हाउसले उपाधि लिएको थियो भने अन्नपूर्ण हाउस दोस्रो, माछापुच्छरे हाउस तेस्रो र कन्चन्गंगा हाउस चौथो भएको थियो ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि सुवेदीले कोहलपुरलाई शैक्षिक हव बनाउने एउटा मात्र एजेण्डा भएको बताउँदै यहाँ विद्यार्थीहरुले देखाएका कला तथा आफ्नो क्षमता प्रर्दशनप्रति आफू निकै गौरभान्वित भएको बताइन् ।

गुणस्तरीय र प्रभावकारी शिक्षाको खोजीमा कोहलपुरभन्दा जान नपर्ने गरी योजनाहरु कार्यान्वयन गरिरहेको सुवेदीले बताइन् ।
संस्थागत विद्यालयहरुले गरेको लगानीहरुलाई संरक्षण गर्ने गरी निति ल्याउनुपर्ने आवश्यक रहेकोले नगरपालिकाले गर्नुपर्ने भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै व्रिज इन्टरनेशल स्कुलका अध्यक्ष तथा कार्यक्रममा सभापति शिव कुमार पौडेलले विद्यालयलाई नयाँ उचाई सम्म पु¥याउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

यस्तै विद्यालयका शिक्षक चन्द्र पंगाली, विद्यार्थी ऋतु लावण र रोशनी शाहीले कार्यक्रम सञ्चालन गरेका थिए ।

सो दिवसको अवसरमा कक्षा २ देखि १० कक्षा सम्मका बालबालिकाहरुले लेखौं भविष्य आफ्नै हातले, माइति घर, आई च्याङ, लगायत दजनाैं गितहरुमा नृत्य प्रस्तुत गरेका थिए भने शिक्षकहरुले समेत सारङ्गिको धुन गितमा नृत्य प्रस्तुत गरेका थिए ।

विजेता उपविजेता हाउसलाई प्रमुख अतिथि सुवेदी तथा विव्यस अध्यक्ष शिव कुमार पौडेलले मेडल र प्रमाण पत्र सहित पुरस्कार हस्तान्तरण गरेका थिए ।

यस्तै फुटसलतर्फ सुदिया राना, फुटबल तर्फ विनिप रोका, भलिबल तर्फ मौसम वलीलाई मेडल र प्रमाण हस्तान्तरण गरिएको थियो ।

यस्तै शैक्षिक सत्र २०८० मा उत्कृष्ट तहगत कक्षाहरुमा प्रथम, द्धितीय र तृतीय हुनेलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा शिक्षा विकास समन्वय इकाई बाँकेका प्रमुख धनसुदन चौलागाई, कोहलपुर नगरपालिकाका सामाजिक विकास संयोजक ईश्वरी प्रसाद विक, इलाका प्रशासन कोहलपुरका प्रमुख अन्तिम सिजाली, प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य लगायत अन्य समाजसेवी तथा समाज सेवा संस्थाका अध्यक्ष विनोद थापाले विषेश उपस्थिति रहेको थियो ।

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार