
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको भेरी शित भण्डार सहकारी संस्था लि.को १६औं वार्षिकोत्सव मनाएको छ ।
बिहिबार लुम्बिनी प्रदेशका भुमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको प्रमुख अतिथि तथा सहकारीका अध्यक्ष बलराम भट्टराईको अध्यक्षतामा १६औं वार्षिकोत्सव मनाएको हो ।
मन्त्री पन्थीले उद्घाटन कार्यक्रममा बोल्दै कृषकहरुले उत्पादन गरेको बस्तुको केही समयसम्म राखेर बजारीकरणमा टेवा पुग्ने गरी काम गरेको प्रति प्रसंसा गरेका थिए ।
कृषकहरुले स्थानिय रुपमा उत्पादन र विषादी प्रयोग नगरिएका बस्तुहरुलाई सबैको भान्सामा पु¥याउनका लागि यो सहकारीले आफ्ना योजनाहरु गराउनुपर्नेमा सुझाव दिएका थिए ।
पछिल्लो समयमा सहकारीप्रति नकारात्मक/अफाहवा फैलाएपछि समस्या देखिएको स्वभाविकै हो तर हाल सहकारीहरुका अधिकांश समस्याहरु समाधान भएको र अब केही महिनामा सबै पूर्ण रुपमा व्यवस्थापन हुने मन्त्री पन्थीले जानकारी दिए ।

यस्तै कार्यक्रममा सहकारीका अध्यक्ष बलराम भट्टराईले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षको निति तथा कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
भट्टराईले ३५ लाख ७४ हजार ५ सय ९२ रुपैया मूनाफा गरेको र २९ हजार ५ सय पेटी स्याउ भण्डार गरेको बताए ।
गत आर्थिक वर्षमा २ करोड ९६ लाख ७३ हजार ४ सय ३३ रुपैया कारोबार भएको बताउँदै दिगो विकास र दिगो स्रोत जुटाउन ५ बुँदाका योजनाहरु प्रस्तुत गरेका थिए । जसमा कृषि भण्डारण कर्जा सञ्चालन गर्ने, उन्नत आलुको विउ र प्रविधिक सेवा दिने, बरफ खाना विस्तार गर्ने, स्याउ भण्डारणलाई विशेष प्राथमिकता दिने र आईस क्रिम उत्पादन तथा विक्रि वितरण गरिने योजना रहेको भेरी शित भण्डार सहकारीका अध्यक्ष भट्टराईले बताए ।
यस्तै कार्यक्रममा सहकारीका लेखा संयोजक अमर बहादुर खड्काले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संविधान सभा सदस्य देवराज भार, लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्री, लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदी लगायत शेयर सदस्यहरुको उपस्थित रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्