नेकपा एसकाे कोहलपुर ३ को अध्यक्षमा शाही

काेहलपुर ।

नेकपा एकीकृत समाजबादीको कोहलपुर वडा नं ३ को वडा कमिटी गठन भएको छ । शनिबार केन्द्रिय कमिटी सदस्य एबं बाँके जिल्ला सह–इन्चार्ज अब्दुल हुसेन खाँको प्रमुख आतिथ्यता केशव शाहीको अध्यक्षतामा बसेको वडा भेलाले पदम बहादुर शाहीको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको छ । कमिटिको उपाध्यक्षमा बुद्धिराम बस्याल, टेक बहादुर पुन, सचिव दिपा परियार सहसचिवमा खिमा शाही र जमुना बमलाई निर्विरोध चयन गरेको हो ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि केन्द्रीय सदस्य अब्दुल हुसेन खाँले कम्युनिस्टको पुनर्गठनको अवश्यकताका बारेमा आफनो धारणा राख्दै कम्युनिष्ट पार्टीको सिद्धान्तले मात्र परिवर्तनको सम्भावना भएको हुँदा पार्टीको निति र विधिलाई आत्मसात गर्दै समाज परिवर्तनमा सम्पुर्ण पार्टी पंक्तिलाई लाग्न आह्वान गरे ।

यस्तै नवनिर्वाचित अध्यक्ष पदम बहादुर शाहीलेले पार्टिको नितिलाई गाउँ समाज टोलसम्म पु¥याउन आफ्नो पुरै टिम सशक्त ढंगले लाग्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै प्रदेश कमिटि सदस्य राम कृष्ण विक, कर्णाली प्रदेश कमिटि सदस्य पदम मल्ल, बाँके जिल्ला सदस्य शिव डाँगी, अनेरास्ववियुका नेता शोभा बम लगायतको उपस्थित रहेको थियो ।