बांके कांग्रेसको सफल नेतृत्व

कोहलपुर,                                                                           बांके जिल्लामा नेपाली कांग्रेसले धेरै स्थानीय निकाय जित्ने लगभग पक्का पक्की देखिएको छ । हाल कांग्रेसले राप्ती सोनारी गाउपालिकाको अध्यक्ष  र उपाध्यक्ष  जित हासिल गरेको छ । डुडुवा गाउपालिकाको अध्यक्ष र उपाध्यक्षमा सहित धेरै वडा जितिसकेको छ । यसैगरी खजुरा गाउपालिकामा गठबंधन गरेर उपाध्यक्ष जितेपनी गठबन्धनलाई नै जित हासिल गराउनु बांके जिल्ला कांग्रेसको ठुलो हात रहेको छ भने धेरै वडाहरु पनि जितेको छ । उता नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धन गरे पनि प्रमुखमा प्रसान्त विस्टको दोब्बर मतले आगाडी छ त्याहा जित सुनिश्चित हो भने अधिकांश वडा कांग्रेसले हात पारेको छ । कोहलपुर नगरपालिकामा हाल सम्म ४ वडामा जित हासिल गरेको र वडा नं ४ अहिले जित हासिल गर्दै छ यसको अन्तिम परिणाम आउना बांकी मात्र हो भने अन्य वडामा कांग्रेसले जित हासिल गर्ने निश्चित नै देखिन्छ । कोहलपुरमा प्रमुख र उपप्रमुखमा धेरै अगाडी भएकोले लिडिङ गरेकाले जित सुनिश्चित जस्तै छ ।  गाउपालिकामा अध्यक्ष र उपाध्यक्षको लिड छ ।  त्याहा जित निश्चित जस्तो नै छ । अन्य स्थानीय निकायमा पनि कांग्रेसले जित हासिल गर्ने छ । समग्रमा बांकेमा जिल्ला कांग्रेसमय हुनुमा जिल्ला सभापति नारायण प्रसाद गौडेलको नेतृत्व सफल भएको मान्न सकिन्छ । किनभने यश अघि बांकेमा कांग्रेसले ३ वटामात्र स्थानीय निकायमा जित हासिल गरेको थियो । त्यो बेला कांग्रेसको नेतृत्व किरण कोईरालाको हातमा थियो । उता बांके क्षेत्र नं १ को सभापति पोषण के सि हुनुले पनि कांग्रेसको नेतृत्व सफल भएको हो । कांग्रेस बांके सफल भएको पुष्टि भएको छ ।