कोहलपुर २ मा नेपाली कांग्रेसका हर्सिङ कठायत सहित प्यानल विजयी

कोहलपुर                                                               कोहलपुर नगरपालिका वडा नम्बर २ को अन्तिम नतिजा सार्वजनिक भएको छ । वडा नं २ मा नेपाली कांग्रेसका वडा अध्यक्ष हर्सिङ कठायत सहित पुरै प्यानल विजयी भएका छ्न । कोहलपुर वार्ड न २ मा नेकपा  एमाले को ३० बर्ष को लाल किल्ला तोडदै कांग्रेसले जित हासिल गरेको छ ।  उक्त वडामा कांग्रेसका अध्यक्ष उम्मेदवार हरिसिङ कठायत सहित सदस्य बासमती बि क, पुरन थारु, बिरेन्द्र शाही, तारादेबी सिंह विजय भएका छ्न । उक्त वडामा  हर्सिङ कठायतले १८०५ मत प्राप्त गरेका छ्न । उनका निकतम प्रतिद्वन्दी एमालेका कर्ण सिह बि सि ले १४९८ मत प्राप्त गरेका छ्न । यो संगै नेपाली कांग्रेसले कोहलपुरमा २ वटा वडामा जित हासिल गरेको छ । जसमा वडा नं १५ भारी मतका साथ विजय हासिल गरेको थियो भने वडा वनं २ मा पनि अत्याधिक मतले विजयी हासिल गरेको छ ।   यसअघि यस वडामा नेकपा एमालेले पुरै प्यानल जित हासिल गरेको थियो । हाल सम्मको मतगणना अनुसार मेयरमा पनि कांग्रेसका पूर्ण आचार्य र उपमेयरमा संगिता सुवेदीको अग्रता रहेको छ ।