अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको वडामा चारतारे झन्डा फहराउदै




कोहलपुर,                                                              मुसिकोट नगरपालिका रुकुम पश्चिमको वडा नं ५ मा अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका थिए उक्त वडा नेपालि कांग्रेसले आफ्नो झन्डा फहराउदै जित हासिल गरेको छ । रुकुम माओवादी केन्द्रको अखडा भएको र जनार्दन शर्माको बाहुल्यता रहेको भन्ने आधारलाई कांग्रेस र एमालेको गठबन्धनले तोडेको छ । यस वडामा  नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएका छ्न । वडा नं ५ मा नेपालि कांग्रेस र एमालेको गठबन्धन भएकोले वडा अध्यक्षमा कांग्रेसका समीर मल्लले ५०८ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका सुशील गौतमले ४२४ मत प्राप्त गरेका थिए । मुसिकोट नगरपालिकामा वडा नं १,२,३ ५ मा कांग्रेस एमालेको गठबन्धनले जित हासिल गरेको छ भने माओवादी केन्द्रले वडा नं ४ मात्रै एक वडामा अहिलेसम्म जित हासिल गरेको छ ।रहस्यमय यो छ कि अर्थमन्त्री भएका शर्माको लाल किल्ला तोडिने सम्भावना रहेको छ । नगर प्रमुखमा पनि कांग्रेसका महेन्द्र के सि को अग्रता निकै अगाडी रहेको छ ।

प्रकाशित मिति : २०७९ जेठ २ गते सोमबार