कोहलपुरमा कांग्रेसको अग्रता संगै वडा अध्यक्ष पनि हर्सिङ कठायतको अग्रता

कोहलपुर,                                                                   कोहलपुर नगरपालिका वडा नं २ मा कांग्रेसका हर्सिङ कठायतले अग्रता लिएका छ्न । अहिलेसम्म गरेको मतगणना ३९९३ मा कठायतले अग्रता कायम गरेका छ्न । कठायतले १३९१ प्राप्त गरेका छ्न । मेयरमा पनि कांग्रेसका पूर्ण प्रसाद आचार्यको अग्रता कायमै छ भने उपमेयमा कांग्रेसकै संगिता सुवेदीको नै अग्रता रहेको छ । हाल सम्म वडा नं २ को पछिल्लो मतपरिणाम यस्तो छ  नेकपा एमाले  ११९५ उपमेयर १२३२ वडा अध्यक्ष १२१५ कांग्रेस   मेयर १२२ उपमेयर १३६५ वडा अध्यक्ष १३९१ माओवादी गठबन्धन  मेयर १०३१ उपमेयर ४४९ र ७७४ रहेको छ । यो वडा विगत देखि नै नेकपा एमालेले जितेको थियो । वडा अध्यक्षमा नेकपा एमालेकै कर्णसिह बि सि दोहोरीएका थिए ।