कोहलपुर , सल्यानकको त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका खिम बहादुर रावत अध्यक्षमा निर्वाचित भएका छन् । उनले ३ हजार ३ सय ६९ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिस्पर्धी गठबन्धनबाट एकीकृत समाजवादीका डिल्ली केसीले २ हजार ९७ मत ल्याएका छन् यस्तै उपाध्यक्षमा पनि नेपाली कांग्रेस निर्वाचित भएको छ । उपाध्यक्षमा कांग्रेसकी सिता खड्का पुन ३ हजार १ सय ८६ मत ल्याएर विजयी भएकी हुन । उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राजेन्द्र बहादुर थापाले २ हजार ३५ मत ल्याएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्