रांझा विमानस्थल भित्र मिनरल वाटरमा ग्राहक ठगिदै

कोहलपुर,                                                                           बांकेको नेपालगन्ज रांझा एरपोर्टमा दिनहुँ ग्राहक ठगीएका छ्न । रांझा विमानस्थल भित्र रहेको  गणेश मन्दिर नजिकको द एरपोर्ट रेस्टुरेन्टमा दिन दहाडै ग्राहक ठगिएको पाईएको छ । त्यहाँ एक बोतल मिनरल वाटर ७५ रुपैयामा बेच्ने गरिए छ । मिनरल वाटरको होलसेल मूल्य १०-१५ र पसलमा खुद्रा मूल्य चिसो बनाएको ३० रुपैया र नबनाएको २५ रुपैयाँमा बेच्ने गरेको भएपनि उक्त रेस्टुरेन्टमा ७५ मा वेच्ने गरेको पाईएको छ । मिति २०७९ साल जेठ १ गते सांझ ५:३० बजेको समयमा त्यहाँ  ३/४ जना ग्राहकले मिनरल वाटर निकै महंगो भएको भनी गुणासो गरेका थिए । त्यस  पसलको साहूसंग भेट नभएको र काउन्टरमा बस्ने कर्मचारीसंग कुरा गर्दा हामीलाई यहि रेटमा बेच्नु भनी भनेकोले बेच्ने गरेको प्रतिक्रिया दिए । यदि यो रेटमा नबेचेमा आफ्नो जागिर जाने भएकोले यसलाई बाहिर लिन नहुने प्रतिक्रिया दिएका थिए । नेपाल सरकारले किन अनुगमन गरेको छैन यो अनुगमन गर्ने जिम्मेवारी कसको हो यसतर्फ ध्यान जानू पर्छ कि पर्दैन ? निकै जिज्ञासा र चासोको विषय रहेको छ । एरपोर्ट जस्तो ठाउँमा देशी बिदेशी नागरिक आउने गरेतापनी एक बोतल पानी ७५ मा बेच्दा पनि बांके प्रशासन मुख दर्शक भएको छ । नेपाल जलस्रोतमा विश्वको दोस्रो धनी मुलुक तर देशमा पानीको मूल्यमा तेब्बर हुन्छ भने क नागरिकहरुले पानी पिउने अधिकार बाट बन्चित हुनु पर्ने हो । यो आम सरोकारवाला प्रति गरिएको अपमान अनि लुटाह प्रवृती होइन । यस तर्फ सरकारको ध्यान किन जान सकेको छैन । के सुरक्षा निकायले उक्त रेस्टुरेन्टमा पानी अहिलेसम्म किनेर खाएका छैनन् । किन निर्धक्कक  साथ आम नागरिक लुटिएका छ्न । सबैको चासोको विषय होस ।