बांके,
बाँके जिल्लाका सबै मतगणना स्थलको समाचार संकलनका लागि नेपाल पत्रकार महासंघ बाँकेले बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, निर्वाचन आयोग र बाँके जिल्ला प्रहरी प्रमुख श्याम कृष्ण अधिकारीसँग समन्वय गरेको जानकारीमा आएको छ । नेपाल पत्रकार महासंघ बांकेको समन्वयबाट निस्किएको निष्कर्षका आधारमा बांके जिल्लाका पत्रकारहरु कुनैपनि गनणास्थलमा पुगी मतगणना भइरहेको जाली लगाएको ठाउँसम्म प्रवेश पाउने भएका छन् । मतगणनाको भित्र जानका लागि पत्रकार परिचय पत्र देखाए मात्र हुनेछ । संचारकर्मीको सहजताका लागि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले हरेक मतगणना स्थलमा खटिएका सुरक्षाकर्मीहरुलाई सहजिकरणका लागि निर्देशन दिएको जानकारीमा आएको छ । समाचार संकलनमा कुनै समस्य भए ९८५८०२०६६०, ९८४८०४१२२२, ९८४८२२०३७८ मा सम्पर्क राख्न सकिने छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्