स्थानीय भन्छन्, ‘कोहलपुर नगरपालिका १२ वडामा विरेन्द्र कुमार शाहको विकल्प छैन’

कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नम्बर १२ का स्थानीयहरुले विरेन्द्र कुमार शाह बाहेक अरुको विकल्प नरहेको बताएका छन् । शनिबार घरदैलो कार्यक्रम स्थानीयहरुले यस्तो बताएका हुन् । नगरपालिका वडा नं १२ को घरदैलोमा बुद्धिजीवी तथा अधिवक्ता जय प्रकाश पौडेलले समग्र विकासको लागि शाह बाहेक अरुको विकल्प नभएको बताएका थिए । यो वडाको विकासका रूपमा दीर्घकालीन योजना बनाएर जान सक्ने र भिजन भएको भनेको शाह नै हो उनले भने उनी बाहेक अरु जो आएपनि यो वडाको विकास र समृद्धि हुन नसक्ने ठोकुवा गरे ।

शाहले आशीर्वाद लिँदै भावुक भने, आफुले चुनाव जिते बुद्धिजीवीहरुको राय सल्लाह वडा नं १२ को समग्र विकास गर्ने, डुडुवा, रोहिनी खोलामा तटबन्ध गर्ने तथा आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरिएका सबै आधारहरुलाई शिरोधार्य गरेर विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट बच्चनका लागि निकुञ्जमा तारबार गर्ने, दलित, गरिव, असहाय, जेहेन्दार, पिछ्डा विद्यार्थीहरुलाई स्नातक तहसम्म निशुल्क शिक्षा प्रदान गर्न आफू लागि पर्ने प्रतिबद्धता गरेका छन् । आम सुकुम्बासी समस्याको समाधान, अव्यवस्थित बसाईसराइको व्यवस्थापन लगायत युवा रोजगारीका लागि आफ्नो ध्यान गएको जानकारी गराए ।

कोहलपुर नगरपालिका मात्र होइन वडा नं १२ लाई भ्रष्टाचारमुक्त गराउने, सेवा सुशासनमा ध्यान दिने र आम जनताको घरमा पुगेर देखा पर्ने समस्याको तत्काल पहल गर्ने आधार आफुमा मात्र रहेको जानकारी दिए । घरदैलो कार्यक्रम वडा सभापति केस कुमारी वलिको संयोजकत्वमा भएको थियो । यस्तै उनले मेयरमा पुर्ण आचार्य उपमेयर संगिता सुवेदी तथा वडाध्यक्ष बिरेन्द्र कुमार शाहलाई आशीर्वाद दिँदै यो वडाको विकासको लागि तपाईहरुको जित होस् जनताले चाहेका छन् ।