कोहलपुर ।
कोहलपुर नगरपालिका वडा नम्बर ९ मा एमालेबाट वडा अध्यक्ष पदको प्रत्यासी हुन् नन्दराम थारु ।
उनीले २०७७ साल असार १९ गते शिक्षक पेशाबाट अवकास पाएपछि राजनिति क्षेत्रमा आएका हुन् । उनले शिक्षण पेशा हुँदा सबैको घरघरमा गई बालबालिकाहरुलाई विद्यालयसम्म पुर्याउन निकै ठुलो महत्वपूर्ण भूमिका खेलेका थिए ।
उनी कहिलै पनि थाकेनन् । कडा मेहनत र परिश्रममा विश्वास गर्छन् । उनले राम माध्यमिक विद्यालयमा ३२ वर्षसम्म अध्यापन गराए । उनको शिक्षण पेसामा सक्रिय भई आफ्नो समुदायमा भएको जनताहरुको समस्यालाई बुझि सजिलै समस्यालाई समाधान गरेका छन् ।
उनले विशेष गरी ४ वटा टोलमा निकै योगदान गरेका छन् । थारु टोल, मधेसी टोल, गणेश टोल र भवानीपूर टोललाई निकै योेगदान गरेको अध्यक्ष पदका उम्मेदवार थारुले बताए । कोरोना महामारी भएको बेलामा विपन्न परिवारका घरपरिवालार्ई खाद्यान्न, आर्थिक, सामाजिक, भौतिक समस्या समाधान गर्नका लागि पहल गरेको अध्यक्ष पदका उम्मेदवार नन्दराम थारु बताउँछन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्