गठबन्धन र नेपाली काँग्रेसका उम्मेदवारहरुले भ्रष्टाचार बिरुद्ध प्रतिवद्धता

कोहलपुर ।

कोहलपुर नगरपालिकाको गठबन्धन र नेपाली काँग्रेसका उम्मेदवारहरुले भ्रष्टाचार बिरुद्ध प्रतिवद्धता जाहेर गरेका छन । बास नेपालद्धारा कोहलपुर चौराहमा आयोजित कार्यक्रमा कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपाने र पूर्ण आचार्य  र उपमेयर पदका उम्मेदवार नारायणी वली र संगिता सुवेदीले संयुक्त रुपमा भ्रष्टाचार बिरुद्ध प्रतिवद्धता जाहेर गरेका हुन् । कोहलपुर नगरपालिकालाई भ्रष्टाचारमुक्त नगर बनाउने प्रतिवद्धता जनाउँदै मेयर पदका उम्मेदवारहरूले  नेतृत्वलाई जनताले निरन्तर खबरदारी गर्नुपर्ने बताएका थिए ।

बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) ले कोहलपुरमा चुनावी गठबन्धन गरेको छ भने नेपाली काँग्रेसबाट एकल चुनावी मैदानमा हाेमिएकाे छ ।