‘कोहलपुरमा मेयर र उपमेयर को उठेका छन् चिन्दैनौं ?’




कोहलपुर ।

कोहलपुरमा मेयर र उपमेयरमा को उम्मेदवार छन मलाई थाहा छैन ? भन्छन्, कोहलपुर नगरपालिका वडा नम्बर ७ का कमल थारु । उनले आगामी बैशाख ३० गते हुन गइरहेकाे निर्वाचनमा कोहलपुरका मेयर र उपमेयरलाई चिन्दैनन् । उनी लखनवार र जामुनी टोलको विचमा बस्दछन् ।

‘अहिले मेयर र उपमेयरका कहाँबाट को उठेका छन् ? भन्ने बारे जानकारी छैन’ उनले भने, ‘यति मात्र होइन उनलाई कुन पार्टीको कुन चुनाव चिन्ह छ थाहा छैन ।’ पहिलो चुनावमा काँग्रेस, एमाले र माओवादीको चुनाव चिन्ह के पाएकाे भन्ने बारे थाहा पाएको थिए, तर अहिले कस्ले के  पाएकाे छ त्यसबारे जानकारी छैन । तर जसले उम्मेद्वारी दिएपनि हाम्राे समस्याकाे समाधान हुनुर्याे ।

‘पहिले स्थानीय तहको चुनावमा गरेका बाचाहरु पुरा नभएपछि गाउँघरमा आउन नसकेको बताउँछन् थारु । हुन त कुन मुख लिएर आउँन घरदैलोमा ? उनले प्रश्न गरे । पहिले चुनाव हुने बेलामा ४/५ पानाको योजना ल्याउनु भएको थियो । जसमा तटबन्ध बनाउने भन्ने थियो । तर पाँच वर्ष वित्यो, तटबन्ध बनेन, वर्षैपिछे घर र खेती योग्य जमिन बगाएर लान्छ । खै तटबन्ध ! केही छैन तर कोहलपुरको विकास गरेको छु भन्न लाज लाग्दै ! उनले खरो रुपमा प्रतिक्रिया दिए ।

यस्तै नगरपालिका वडा नम्बर १३ का कृष्ण थारु भन्छन्, कोहलपुरमा मेयर र उपमेयरको बारेमा थाहा छैन तर अहिले भोट कसैलाई दिन्न् । ‘अहिले को कस्तो उम्मेदवार छ थाहा छैन ?’ उनले भने, ‘पहिले वडा अध्यक्षदेखि मेयरसम्म निर्वाचनमा सहयोग गर्‍र्यौ, प्रचारप्रसारमा हिड्यौं, तर घोषणा पत्रमा भएका बुँदा घोषणा मै सिमित भए ।’ तर अहिलेको निवार्चनमा राम्रो, सक्षम र जोसिला उम्मेदवारहरुलाई मात्र भोट दिनेछु ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख १४ गते बुधबार