पाेखरामा सिक्री चाेरकाे आराेप लागेका पौडेलकाे खाेसियाे टिकट, कृष्ण थापाकाे ‘इन्ट्री’

काेहलपुर ।

नेकपा (एमाले)ले पाेखरा महानगरपालिकाकाे मेयरबाट दीपक पौडेललाई पाखा लगाउँदै कृष्ण थापालाई सिफारिस गरेकाे छ।

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले पौडेललाई मेयर पदमा उठाउने निर्णय गरेकाे थियाे। तथापि, साेमबार विहानै पार्टीले निर्णय फेरेर थापालाई अगाडि सारेकाे हाे।

पौडेलले सुन चोरेको भिडियाे सार्वजनिक भएपछि तरंग फैलिएकाे थियाे। उनले एउटा पसलबाट सुनको गहना निकालेर खल्तीमा हालेको सिसीटीभि फुटेज भाइरल भएको छ। त्यसपछि एमालेकै कार्यकर्ताहरूले समेत उनको विरोध गरेका थिए।

केही वर्षअघि पोखराको एउटा पसलबाट उनले सुनको औंठी निकालेको र थाहा पाएपछि पार्टीले घटना मिलाएको बताइन्छ। अहिले चुनावमा टिकट पाएपछि पौडेलको उक्त भिडियो भाइरल बनाइएको छ।