नेविसंघ बाँके : ‘मेरो शिक्षा मेरो प्रश्न’ अभियान सुरु




कोहलपुर ।

नेपाल विद्यार्थी संघ बाँकेले एउटा नयाँ अभियान सुरु गरेको छ । नेविसंघको केन्द्रिय समितिको निर्देशन बमोजिम बाँकेमा समेत ‘मेरो शिक्षा मेरो प्रश्न’ अभियान सुरु गरेको छ ।

असोज १० गतेबाट सुरु भएको अभियान बाँके जिल्लामा पहिलो चरणमा संस्थागत विद्यालयहरुमा हुने नेविसंघ बाँकेका अध्यक्ष उपेन्द्र विष्टले जानकारी दिएका छन् ।

अभियानको मुख्य उद्देश्य विद्यालयले गरेका राम्रा विषयलाई प्रचार गर्ने र केही गलत गरेको भए सुुझावको रुपमा दिने रहेको विष्टले जानकारी दिए ।

उनका अनुसार विद्यालयले कति विद्यार्थीलाई छात्रवृति दिएको छ ? त्यसको संख्या र छात्रवृति पाउने विद्यार्थीको नामावली, शिक्षण शुल्कको विवरण सहितको कुल विद्यार्थी संख्याको विवरण माग्ने गरेका छौं ।

‘सोही आधारमा तथ्थांकको विशलेषण गछौँ,’ उनले थपे, ‘अभियानको पुुस्तिकामा आफ्ना सुुझावहरु दिने गरेका छौं ।’ सुुझावहरु पुुनः एक हप्तामा कार्यान्वयन भयो या भएन भने जाँदा नभएको खण्डमा कारवाहीको पक्रिया सुुरु हुने अध्यक्ष विष्टको भनाई थियो ।

नेपालगञ्जका र कोहलपुरका आदर्श मावि, यूनाईटेड एजुकेशन एकेडेमी कलेज, मोर्डन पब्लिक स्कुल, गोर्ख यूनाईटेड स्कुल लगायत दर्जन बढि विद्यालयहरुमा सुुझाव दिएको बताए ।

यो अभियान मंसिर मसान्तसम्म पहिलो चरणको अभियान पुरा हुने लक्ष्य सहित अगाडी बढेको अध्यक्ष विष्टले बताए ।

यो अभियानमा केन्द्रिय सदस्य विक्रम वली, युवराज विष्ट, हेम बहादुर शाही, बाँके अध्यक्ष उपेन्द्र विष्ट, नेता राम कृष्ण थारु र रमेश न्यौपाने लगायत रहेका छन् ।

प्रकाशित मिति : २०८१ मंसिर १३ गते बिहीबार