विलिभर्स स्कुलको १ करोड ३० लाखको भवन उद्घाटन [फोटो फिचर]

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका—१० मा रहेको विलिभर्स ईमी स्कुलको १ करोड ३० लाखको नयाँ भवन उद्घाटन गरिएको छ । वि.स. २०६३ सालमा स्थापना भएको स्कुलले शनिबार १ करोड ३० लाख बराबरको १६ कोठे भवनको उद्घाटन भएको हो ।

बिलिभर्स इस्टन चर्च नेपाल आर्च डायोसिस काठमाडौ एपिस्कोपा हिज ग्रेस टाइटस मोर ओस्थाथिओसले १६ कोठे भवनको उद्घाटन गरेका थिए । कोहलपुर डायोसिस भिकार फादर ईस्वर लामाको सभापतित्वमा कार्यक्रम भएको थियो ।

विलिभर्स स्कुलका प्रिन्सिपल विजया चौधरीले स्वागत मन्तव्य राख्दै विद्यालयले शैक्षिक गुणस्तरमा उत्कृष्ट नतिजा प्राप्त गरेको भन्दै थप भौतिक संरचनाहरुसंगै कक्षा कोठाहरु समेत व्यवस्थित गरिएको बताइन् ।

यस्तै कार्यक्रममा प्रमुख अतिथि एपिस्कोपाले बालबालिकाको केन्द्र विन्दु रहेको यस विद्यालयलाई व्यवस्थित बनाउन नयाँ भवनले उत्साह थप गरेको बताए ।

कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशकै केन्द्र विन्दु कोहलपुरमा शिक्षा क्षेत्रमा अग्रगामी कदम चाल्न यस विद्यालयले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

विद्यालयको शैक्षिक क्षेत्रमा मात्र नभई अन्य अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट प्रदान गर्दै आइरहेको र यहाँका अभिभावक, शिक्षक, व्यवस्थापन समितिले समेत योगदान प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा समेत यहाँहरुको सहयोग र सुझावको अपेक्षा सहित एपिस्कोपाले धन्यवाद दिएका थिए ।

नेशनल प्याब्सनका केन्द्रिय सदस्य श्याम कंवरले शिक्षा क्षेत्रमा निजि विद्यालयहरुले लगानी गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै सामाजिक सेवा समेत गरेको बताए ।

नेपाल सरकारले बनाएको पाठ्यक्रम बर्र्षै पिच्छे परिवर्तन गर्छ उनले भने परिवर्तन भएको पाठ्यक्रमलाई घोक्न नपठाएमा विद्यार्थीले जान्दैन । पाठ्यक्रम नै रट्टा लगाउने किसिमको विषयवस्तु हुन्छ त्यसकारणले नेशनल प्याब्सनले केन्द्रमा पाठ्यक्रमको विषयमा बृहत छलफल गरी निष्कर्ष पुगेको कंवरले बताए ।

कार्यक्रममा नेशनल प्याब्सन बाँकेका जिल्ला अध्यक्ष किशोराज मल्ल, सचिव वेग प्रसाद चन्द, कोहलपुरका अध्यक्ष विष्णु केसी र १० वडाका वडा सदस्य भिम प्रसाद पौडेलले आफ्नो भनाई राखेका थिए ।

यस्तै स्कुलका विव्यस अध्यक्ष फादर जगत तामाङ, भूपु विव्यस सदस्य हरि रावत, दिर्घ बहादुर शाही, स्कुलका संस्थापक डेजन गुरुङ, लगायत सम्पुर्ण विद्यार्थी, अभिभावक, शिक्षकहरुको समेत उपस्थित रहेको थियो । कार्यक्रमको सहजिकरण शिक्षक तेजेन्द्र विटालुले गरेका थिए ।