Kohalpur Today Header Ads

सुर्खेतबाट काेहलपुर आउँदै गरेको माेटरसाईकल दुर्घटना हुँदा २ काे मृत्युु




छिन्छु देखी कोहलपुर तर्फ जाँदै गरेको लु ८० प ८४९३ को मोटरसाइकल भेरिगंगा नगरपालिका वडा न. ४ अन्तर्गत हरेँ चेकपोस्ट भन्दा थोरै अगाडी शुक्रबार राती ११ बजे दुर्घटना हुदाँ दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटना परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार भेरिगंगा नगरपालिका झिरमिले बसोबास गर्ने वर्ष २० का योगेश सिजाली, सोही बाइकमा सवार अर्का व्यक्ति वर्ष १७ का योगेश बुढा सडक देखी २०० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी राम प्रसाद घर्ती मगरले जानकारी दिए ।

उनका अनुसार उक्त बाईक अनियन्त्रित भएर सडक भन्दा २०० मिटर तल भिरमा खसेको अनुमान गरिएको र सबलाई पोस्टमाडमको लागी प्रदेश अस्पताल बिरेन्द्रनगरमा पठाइएको उनले जानकारी दिए ।

LIfe Ok
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन ७ गते शनिबार