कोहलपुर ।
कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले उत्कृष्ट खेलाडीलाई व्यक्तिगत ५१ हजार दिएका छन् ।
कोहलपुरमा पुष ८ गतेबाट ११ गतेसम्म सञ्चालन भएको छैठौं नगर स्तरीय मेयर कप रनिङ शिल्ड प्रतियोगिता तथा पन्ध्रौं पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट खेलकुद प्रतियोगितामा सबैभन्दा बढि गोल्ड मेडल प्राप्त गर्ने खेलाडीलाई नगद ५१ हजार रुपैया व्यक्तिगत रुपमा दिएका हुन् ।

उद्घाटनको क्रममा बोल्दै नगर प्रमुखले उत्कृष्ट खेलाडीलाई ५१ हजार दिने घोषणा गरेका थिए । ‘अहिले व्यक्तिगत रुपमा गरेको छु,’ उनले भने. ‘आगामी वर्षहरुमा संस्थागत रुपमा नै लैजाने छु ।’ शिक्षा संगसंगै खेलकुदको पनि महत्वपूर्ण भएकोले यसतर्फ विद्यालयले ध्यान दिनुपर्ने बताए ।
प्रतियोगिताको त्रिभूवन नमूना माध्यमिक विद्यालयले ७ स्वर्ण, ४ रजत र २ कास्य प्राप्त गरी प्रथम स्थान ल्याउन सफल भएको छ । यस्तै ग्रिनपिस मावि चप्परगौडीले ५ स्वर्ण, ३ रजत, ६ कास्य प्राप्त गरी द्धितीय स्थान ल्याउन सफल भएको थियो भने डायनामिक माविले ४ स्वर्ण, २ रजत र ४ कास्य प्राप्त गरी तृतीय स्थान ल्याउन सफल भएको छ ।
विजयी विद्यालय र खेलाडीहरुलाई कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्य, उप प्रमुख संगिता सुवेदी, कोहलपुर नपरपालिका कोहलपुर नगर खेलकुद विकास समितिका बुद्धि थापा, कोहलपुर नगर शिक्षा प्रमुख राम बहादुर हमाल, राखेपका सदस्य एलवि क्षेत्री लगायतले शिल्ड तथा पुस्कार वितरण गरेका थिए ।
यस्तै प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनका संयोजक तथा कृष्ण माध्यमिक विद्यालयका प्रअ दिलिप वलीले खेदकुदलाई भव्य, सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालनमा सहयोग पुर्याउनुहुने सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयका प्रअ, विव्यस अध्यक्ष र खेलकुद समितिका संयोजक र सदस्य लगायत सम्पूर्ण खेल गुरुहरुलाई समेत धन्यवाद व्यक्त गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्