कोहलपुरमा माओवादी र समाजवादीबिच चुनावी तालमेल




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) पार्टीबिच चुनावी तालमेल हुने भएको छ । आईतबार स्थानिय तहको निर्वाचनकालागि कोहलपुरमा माओवादी र समाजवादी पार्टीबिच चुनावी तालमेलको घोषणा गरिएको हो ।

चुनावी घोषणा अनुसार कोहलपुरको मेयर सहित १३ वटा वडामा माओवादी तथा उपमेयर सहित दुई वटा वडामा समाजवादीले उम्मेदवारी दिने भएको हो । त्यसैगरी माओवादीको तर्फबाट ४७ तथा समाजवादीको तर्फबाट १३ वडा सदस्यहरु चुनावी मैदानमा होमिने भएका छन ।

३० वैशाखको चुनावकालागि उम्मेदवार मनोनयनको एक दिन पहिले आईतबार नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिका अध्यक्ष अवराज खड्का र एकिकृत समाजवादी कोहलपुर नगर समितिका अध्यक्ष नारायणी वलीले संयुक्त रुपमा चुनावी तालमेलको घोषणा गरेका हुन ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख १२ गते सोमबार