विपन्नलाई शौचालय बनाइदेऊ

बैजनाथ गाउँपालिकाका जनताहरु शौच गर्न जंगल जानुपर्ने बाध्यता अझै छ । न पालिकाले सुन्छ न वडाले नै । वडा अध्यक्षदेखि पालिका अध्यक्ष सम्मका पक्की भवन बनेका छन् तर विपन्न परिवारका शौचालय बनेका छैनन् । गाउँपालिकालाई दिशामुक्त पालिका घोषणा गरेको अहिले पाँच वर्षभन्दा बढि भयो । बैजनाथ गाउँपालिकाले विपन्न परिवारका नाममा लाखौंका कार्यक्रम विनियोजन गरी खर्च गरेको छ । तर कहाँ गयो विपन्न वर्गका कार्यक्रमको बजेट ? विपन्न परिवारको भोट, भोट होइन् ।

बाँके जिल्ला नै २०७५ असार २८ गते दिशामुक्त क्षेत्र घोषणा भयो । बाँके जिल्ला खुला दिसामुक्त हुने मुलुक मध्ये ५७ औं र तराईको ९ औं जिल्ला पर्दछ । त्यहाँ रहेको एमाले, नेपाली काँग्रेस, माओवादी, राप्रपा र अन्य पार्टीले भोट र नोटको मात्र राजनितिक, जनताको समस्याको पहिचान गरी समाधान गर्नुपदैन् । बैजनाथ गाउँपालिका १ मा रहेको एमाले, काँग्रेस, माओवादी, राप्रपा र अन्य पार्टीलाइे शौचालय नभएको भन्ने विषय नै थाहा छैन । जब थाहा भयो, त्यसपछि अहिले सबै पार्टीका अध्यक्ष लगायत अन्य समितिले शौचालय निमार्णका लागि सहयोग गर्ने आश्वासन दिएका छन् ।

तर वडा अध्यक्ष त झ्न जनप्रतिनिधि भएपछि गाउँटोलमा नै गएका छैनन् । चुनाव आएको बेलामा घरदैलोमा गएको भए कुन कुन घरमा के समस्या छ थाहा पाउँर्थे । २१ औं शताब्दीमा शौच गर्ने जंगल जानु भनेको निकै लाजमर्दो विषय होइन । गाभर भ्यालीसँग जोडिएको च्याँमा पनि पर्यटकीय स्थल हो । त्यसकारणले अब बैजनाथ गाउँपालिकाका राजनितिक पार्टी, सामाजिक सेवामा लागि रहेका व्यक्तित्व र अन्य संघसंस्थाहरुले विपन्न परिवारका शौचालय बनाउन अति आवश्यक छ ।